सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु

सारांश

  • नयाँ दिल्ली ।
  • भारतको पूर्वी राज्य ओडिशामा शुक्रबार भएको सडक दुर्घटनामा एकजना बालक र तीन महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।
  • मृतकमध्ये सात जनाको तत्कालै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ दिल्ली । भारतको पूर्वी राज्य ओडिशामा शुक्रबार भएको सडक दुर्घटनामा एकजना बालक र तीन महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये सात जनाको तत्कालै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । पीडितहरू दुई परिवारका सदस्य थिए र विवाह समारोहबाट फर्किरहेका थिए । राष्ट्रिय राजमार्ग नं २० मा बलिजोडी गाउँ नजिकै उनीहरूको कार रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?