फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २३, २०७९
|
|
२० पटक हेरिएको
Shares
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

सारांश

  • कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् ।
  • ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
  • उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने अर्जेन्टिना दुई पटकको विजेता हो ।

कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने अर्जेन्टिना दुई पटकको विजेता हो । त्यसैगरी साविक विजेता फ्रान्स पनि दुईपटकको विश्व च्याम्पियन बनिसकेको छ भने इङ्ल्याण्ड एकपटकको विश्व च्याम्पियन हो । बाँकी चार राष्ट्र भने नयाँ इतिहास रच्‍ने दाउका साथ मैदानमा उत्रदैछन् ।

फुटबलको महानायकको रुपमा चिरपरिचित क्रिष्टियानो रोनाल्डो आफ्नो कप्तानीमा पहिलोपटक पोर्चुगललाई उपाधी दिलाउन चाहन्छन् । त्यसैगरी अफ्रिकाबाट चौथो राष्ट्रको रुपमा विश्वकपमा सहभागि जनाएको मोरक्को यो छैटौं क्‍वाटर फाइनल यात्रा हो ।

फिफा विश्वकप २०२२ को पहिलो क्‍वाटर फाइनलको खेलमा आज पाँचपटकको विश्वविजेता ब्राजिलले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुकी ८.४५ बजे अल रायन रंगशालामा खेलिंदैछ ।

त्यसैगरी दोस्रो क्‍वाटर फाइनल खेल दुईपटकको विश्वविजेता अर्जेन्टिना र विश्वकप उपाधीको खोजीमा रहेको नेदरल्याण्ड्सबीच हुँदैछ । यो खेल कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ बजेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    gate io

    I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don’t know much about a certain place. Can you help me? https://www.gate.io/pt-br/signup/XwNAU

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?