रेचेघाटमा पक्की पुल निर्माण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
रेचेघाटमा पक्की पुल निर्माण

सारांश

  • रामपुर (पाल्पा) ।
  • पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।
  • जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो ।

रामपुर (पाल्पा) । पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।

जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको छ । पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार सो पुलको उद्घाटन गरे । उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो ।

पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
प्रदर्शनकारीद्वारा प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा प्रहार
प्रदर्शनकारीद्वारा प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा प्रहार
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?
  मुख्यमन्त्रीका लागि उद्धव थापाको दाबी पेश
  मुख्यमन्त्रीका लागि उद्धव थापाको दाबी पेश
३८ क्वीन्टल सुन तस्करी प्रकरण आरोपीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश
बर्थिङ सेन्टरमा सुत्केरी गराउनेले पाउने भए पोषण पोको
बर्थिङ सेन्टरमा सुत्केरी गराउनेले पाउने भए पोषण पोको
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘फेल’
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘फेल’
बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश
बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश
अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा ’
अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा ’

तपाईंले छुटाउनुभयो कि?