यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ५, २०७९
|
|
१९ पटक हेरिएको
Shares
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ

सारांश

  • ओखलढुंगा ।
  • नेकपा एमालेबाट प्रदेश सभाका उम्मेदवार अम्बिरबाबु गुरुङ ओखलढुंगाबासी जनताका लोकप्रिय बनेका छन ।
  • गुरुङ ओखदढुंगा एमालेबाट क प्रदेशका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन ।

ओखलढुंगा । नेकपा एमालेबाट प्रदेश सभाका उम्मेदवार अम्बिरबाबु गुरुङ ओखलढुंगाबासी जनताका लोकप्रिय बनेका छन । गुरुङ ओखदढुंगा एमालेबाट क प्रदेशका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन ।

२०७४ सालमा सम्पन्न भएको निर्वाचनमा गुरुङ प्रदेश क बाटै विजयी भएका थिए । चुनाव जितेसंगै गुरुङ जिल्लामा विकासका योजनाहर गाउगाउमा पुराएपछि ओखलढुंगा जनताको लोकप्रिय नेताका रुपमा परिचित छन् । गुरुङ निर्वाचित भएसंगै भौतिक पूर्वाधार तथा विकास प्रदेश मन्त्री बनेका थिए । मन्त्री भएको बेलामा गुरुङले ओखलढुंगामा विभिन्न विकासलागि बजेट विनियोजन गर्ने काम गरेका थिए । गुरुङले ओखलढुंगामा रिङ रोडको अवधारणा सहित रिङरोडको लागि आवश्यक बजेट रातो कितावमा पार्न सफल भएका थिए ।

गुरुङले जिल्लामा ४ वटा मोटरेबल पुल निर्माणका लागि बजेट पार्ने काम गरे । हाल ति पुल निर्माणाधीन अवस्थामा रहेका छन । समुन्नत जिल्ला बनाउने अभियानमा लागेका गुरुङ जिल्लालाई हरेक दृष्टिकोणबाट अगाडि लैजान विकासका संरचनालाई पहिलो प्राथमिकता पार्न सफल भए । गुरुङको योजना मृताविक हाल जिल्लाका हरेक गाउगाउमा मोटरबाटो पुगेको छ ।
जिल्लाबाट माननीय बनेर मन्त्रालयसमेत सम्हाल्न पुगेका गुरुङले जिल्लाको चिसंखुगढी गाउपालिकामा गुणस्तरीय क्वालिटी, आवधिक सोच बहुबर्षिय क्रमागत योजना पार्न सफल भएका छन । चिसखुगढीको खानिभञ्ज्यानसम्म ढल सहितको ग्रावेलिङ पिच सडक बनाउनका लागि योजना पार्न गुरुङ सफल भएका थिए । हाल उक्त ठेक्का पक्रियामा गइ निर्माणाधीन अवस्थामा रहेको छ ।

गुरुङको सक्रियतामा खानिभञ्ज्याङमा ७६२ घर परिवारको लागि एक घर एक धाराको अवधारणा अन्ुसार खानेपानी ब्यवसथापनको योजना सम्पन्न भइ उदघाटनको तयारीमा रहेको छ । त्यस्तै कुइभीरको माझीटारमा करिब एक करोड (९९ लाख) बजेट बराबरको लिफटिङ वाटर योजना निर्माण अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास प्रदेश मन्त्रालयबाट गुरुङ चिसंखुगढीमा रिङरोडको अवधारणा सहित योजना पार्न सफल भए पनि हाल उक्त योजना माओवादीका नेताका कारण अलपत्र परेको छ । ओखलढुंगा रम्बुवा गौरीको आहाल कुइभीर लामिउकाली, गैरीगाउ खानीभञ्ज्याङ समेटने चक्रपथ चिसखुगढी वडा न २ का वडाध्यक्ष नरेन्द्र बस्नेतले योजना विरुद्ध मुद्धा हालेर योजना अलपत्र बनाएका छन । जिल्लामा विकासका योजनाहरु भटाभट पारेपछि गुरुङ जस पाउछन भनेर माओवादीले योजना रोक्न हरेक प्रयास गरी असफल बनाउने प्रयास गरेका थिए ।

विकासप्रेमी गुरुङलाई चुनाव हराउनका लागि यतिबेला जिल्लामा गठबन्धन गरेर माओवादी कांग्रेस एक भएका छन । गुरुङको प्रतिस्पर्धामा नेपाली काग्रेसका प्रदीप कुमार सुनुवार चुनावी मैदानमा छन । चिसंखुगढी गाउपालिका माओवादीको पकडमा भएका कारण गुरुङले ल्याएका योजना विफल बनाउन पालिका प्रमुख निशान्त शर्मा हरप्रयास लागेका थिए । जुनबेला निशान्त शर्मा र गुरुङबीच पानी बाराबारको अवस्था समेत सृजना भएको थियो । पालिकाको कोटगढी आयोजनाको डिपिआरमा समेत गुरुङ र शर्माबीच विवाद भएको थियो । जसका कारण गुरुङलाई हराउने दाउमा हाल निशान्त शर्मा लागि परेका छन ।

राजनीतिक रुपमा नेताहरुले अम्बिर  गुरुङको जति विरोध गरेपनि भित्रीरुपमा जनताहरु गुरुङकै पक्षमा देखिएका छन एक स्थानीयले बताए । जसका कारण हराउन जस्तो सुकै हतकण्ड गरेपनि गुरुङ जनताका लोकप्रिय पात्र बनेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?