को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
३९ पटक हेरिएको
Shares
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

सारांश

  • काठमाडौँ –केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ ।
  • २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ ।
  • तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ ।

काठमाडौँ –केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ ।

तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ । अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्ने देखिएको छ ।

केन्द्रीय सत्ता समीकरण प्रदेशमा पनि लागू हुने र सोहीअनुसार भागबण्डा हुने स्थितिमा नयाँ गठबन्धनकै सरकार बन्नेछ । गण्डकी प्रदेशसभाका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि बहुमत सङ्ख्या ३१ चाहिन्छ जुन नयाँ गठबन्धनसँग छ ।

प्रदेशसभाको दोस्रो ठूलो दल एमालेसँग २२, माओवादी केन्द्रसँग आठ र राप्रपासँग दुई सदस्य छन् । एक सदस्य रहेको एकीकृत समाजवादीको समेत समर्थन लिन सके गठबन्धन दलको सदस्य सङ्ख्या ३३ पुग्छ । जसबाट सजिलै सरकार बन्न सक्छ ।

गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएसँगै प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । नयाँ गठबन्धनका मुख्य दुई घटक एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । यद्यपि केन्द्रमा हुने सहमतिअनुसार नै प्रदेशको शक्ति बाँडफाँट हुने नेताहरूले बताएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले गण्डकी प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने बताउनुभयो । “एमालेको नेतृत्वमा सरकार बन्छ र खगराज अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो ।

आइतबारदेखि राजनीतिमा नयाँ परिस्थिति निर्माण भएकोले त्यसकै भावअनुसार प्रदेशको सत्ता अभ्यास अघि बढ्ने केन्द्रीय सदस्य नेपालीले बताउनुभयो । “केन्द्रमा पनि गठबन्धन दलहरूबीच सहमतिको खाका बन्ला, कुन–कुन प्रदेश कसले लिने भन्ने त होला तर गण्डकीमा एमालेको बलियो दाबी रहन्छ”, उहाँले भन्नुभयो ।

सरकारको नेतृत्व एमालेले लिए पनि गठबन्धनका अन्य दलहरूलाई पनि मन्त्रिमण्डल बनाउँदा सम्मानजनक भूमिका र स्थान दिइने उहाँले बताउनुभयो । बिहीबार प्रदेशसभा सदस्यको शपथ ग्रहणपछि सरकार निर्माणका लागि अग्रसरता बढाउने उहाँको भनाइ छ ।

नयाँ गठबन्धनमा दोस्रो तथा प्रदेशसभामा तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आफ्नो पार्टीको दाबी स्वाभाविक रहेको उल्लेख गर्नुभयो ।

“कांग्रेससँगको गठबन्धन हुँदा पनि अहिले गण्डकीको मुख्यमन्त्री हामीले पाउने भन्ने थियो, अहिले नयाँ समीकरण बनेको छ, मुख्यमन्त्री हामीले पाउनुपर्छ, माथि पनि त्यहीअनुसार कुरा राख्छौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीमा आलापालो हुने भन्दै प्रदेशसभा सदस्य चुमानले पहिला माओवादीलाई दिनुपर्ने बताउनुभयो ।

प्रदेश पार्टीले चाहेर मात्र नहुने भन्दै केन्द्रमा गठबन्धन दल र नेताहरूबीच हुने सहमतिले सबै कुराको छिनोफानो गर्ने उहाँको भनाइ छ । “केन्द्रमा जे सहमति हुन्छ, त्यसलाई मानेर जानैपर्छ, माथि कस्तो परिस्थिति बन्छ, हामी पनि त्यसकै पखाईमा छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रबाट आउने निर्णयपछि ससंदीय दलको नेता चयन गर्ने तयारीमा माओवादी केन्द्र छ । अहिले पनि चुमान नै दलको नेता बन्ने निश्चित जस्तै छ । एमालेले भने आइतबार सर्वसम्मतरूपमा खगराज अधिकारीलाई दलको नेता चुनेको छ । कास्की–१ (१) बाट निर्वाचत उहाँ मुख्यमन्त्रीकै लागि सङ्घको राजनीतिबाट प्रदेशमा झर्नुभएको हो ।

तनहुँ–१ (२) बाट निर्वाचित चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठनको दाबी गर्न आह्वान गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ । उक्त संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई प्रेदश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने छ ।-

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/ru/register-person?ref=V3MG69RO

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज २६ गते सोमवारको राशिफल यस्तो छ
असोज २६ गते सोमवारको राशिफल यस्तो छ
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
साइबर अपराध रोक्न सहकार्य गरौं–चीन
साइबर अपराध रोक्न सहकार्य गरौं–चीन
राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक
राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक

तपाईंले छुटाउनुभयो कि?