सञ्जिव र टीकाको कर्के नजर

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सञ्जिव र टीकाको कर्के नजर

सारांश

  • गायक सञ्जिब पराजुली र गायिका टीका प्रसाई नयाँ गीत सहित दर्शक श्रोतामाझ आएका छन् ।
  • कर्के नजर बोलको हालै सार्वजनिक भएको गीतमा आनन्द अधिकारीको शव्द रहेको छ ।
  • गीतमा आशिष अविरलको संगीत सिर्जना र संयोजन रहेको छ ।

गायक सञ्जिब पराजुली र गायिका टीका प्रसाई नयाँ गीत सहित दर्शक श्रोतामाझ आएका छन् । कर्के नजर बोलको हालै सार्वजनिक भएको गीतमा आनन्द अधिकारीको शव्द रहेको छ । गीतमा आशिष अविरलको संगीत सिर्जना र संयोजन रहेको छ ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । जसमा राहुल शाहको निर्देशन छ । भिडियोमा निर्देशक राहुल आफैले अभिनय गरेका छन् । भाइब एण्ड वेब ग्रुपको प्रस्तुति रहेको भिडियोमाराहुलसँगै अलिशा शर्माको अभिनय देख्न सकिन्छ ।

यो गीत गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम सँगसँगैमा समावेश गरिएको छ । सन्जिब र टीकाको यो जोडीले यस अघि नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, अलि अलि गर्दै लगायतका गीत गाएर श्रोता दर्शक को मन जित्न सफल भएका छन् ।

(https://nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?