आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
२९ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आज तपाईले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ आज । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईको मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    gateio

    I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता खाँणको चेतावनीः काठमाडौं र पोखरा ठप्प पार्ने
नेता खाँणको चेतावनीः काठमाडौं र पोखरा ठप्प पार्ने
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ
मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
देशभरीका  जिल्ला शिक्षा अधिकारी परिवर्तन, को कहाँ परे( नामावलि सहित)
देशभरीका जिल्ला शिक्षा अधिकारी परिवर्तन, को कहाँ परे( नामावलि सहित)
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
के करण अझै शुरु भएन डोल्पामा मतगणना ,यस्तो छ संसनिपुर्ण खुलासा
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा

तपाईंले छुटाउनुभयो कि?