विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित

सारांश

  • काठमाडौं, १० असोज ।
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आज आव्हान गरेको बन्दका कारण रोल्पामा यातायात सेवा प्रभावित भएको छ ।
  • बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएका छन् ।

काठमाडौं, १० असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आज आव्हान गरेको बन्दका कारण रोल्पामा यातायात सेवा प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएका छन् ।

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला बन्द आव्हान गरिएको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताएका छन् ।

जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । जलजला साँस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको सो पार्टीले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । सन्तोष तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?