लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा

सारांश

  • काठमाडौँ ।
  • उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेको छ ।
  • लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको बताउनुभयो ।

काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेको छ ।

लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको बताउनुभयो । उहाँले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र रू २० लाख धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने जानकारी दिनुभयो । सामान्यता प्रक्रिया पूरा गर्दा पनि ामिछानेलाई थुनामुक्त हुन दिउँसो चार बज्ने देखिएको उहाँले बताउनुभयो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडाँैको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।

पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
आज ७ सय ४२ कोरोना संक्रमित थपिए
आज ७ सय ४२ कोरोना संक्रमित थपिए
राजकुमार बानियाँको नयाँ तिजि गित दिदिभाई भिडियोसहित
राजकुमार बानियाँको नयाँ तिजि गित दिदिभाई भिडियोसहित
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
  एउटै स्थानीय तहमा एक वर्षमा रु ५२ करोडभन्दा बढी विप्रेषण
  एउटै स्थानीय तहमा एक वर्षमा रु ५२ करोडभन्दा बढी विप्रेषण
श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
फेरि विवादमा न्यायाधीश दीपकराज जोशी
फेरि विवादमा न्यायाधीश दीपकराज जोशी
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर

तपाईंले छुटाउनुभयो कि?