माओवादीबाट तीन जना मन्त्री बन्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
माओवादीबाट तीन जना मन्त्री बन्दै

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
  • नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । साथै, माओवादीले एक राज्यमन्त्री पनि पाउने बताइएको छ।

माओवादीबाट आज अमनलाल मोदी मन्त्री बन्दैछन्। उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ। मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

त्यसैगरी, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।

किराँती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् । सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्री बारेमा अहिलेसम्म टुंगो नलागेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?