एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो

सारांश

  • काठमाडौँ,१३ माघ ।
  • स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ ।
  • शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० ले हराउन सफल भएको छ।

काठमाडौँ,१३ माघ । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० ले हराउन सफल भएको छ।

घरेलु टिमलाई जित दिलाउनका लागि एट्वान ग्रिजम्यान र साउलले गोल गरेका थिए । २७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ३७औं मिनेटमा साउलले अग्रता दोब्बर बनाए । बाँकी समयमा गोल हुन नसक्दा एट्लेटिको विजयी भयो ।

जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी दुई अंकमा छा्ेट्याएको छ । २० खेल खेलेको बार्सिलोनाको ४६ अंक छ भने एट्लेटिको मड्रिडको ४४ अंक भएको छ ।

तेस्रो स्थानको सेभियाले पनि जित हात पारेको छ । लेभान्टेलाई ५–० ले हराउँदै सेभिया तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफ गोल रहित बनेको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए ।

सेभियाको जितमा विसम बेन यडर, एन्द्रे सिल्भा, फ्रांको भाज्क्वेज, पाब्लो साराबिया र क्वीन्सी प्रोम्सले गोल गरेका थिए । सेभियाले तालिकामा ३६ अंक बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?