आयोगमा रवि लामिछाने नेतृत्वको पार्टी खारेजीको माग गर्दै उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
२३ पटक हेरिएको
Shares
आयोगमा रवि लामिछाने नेतृत्वको पार्टी खारेजीको माग गर्दै उजुरी

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै उजुरी परेको छ।
  • आज बुधबार निर्वाचन आयोगमा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका छन्।

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै उजुरी परेको छ।

आज बुधबार निर्वाचन आयोगमा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका छन्।

२०७९ असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । उजुरीमा,“सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको” उल्लेख गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ। जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

युवराजले रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भइसकेको तर संविधान अनुसार यो पद नागरिक भइसकेपछि मात्रै प्राप्त हुने भएकाले त्यसअघि नै अनागरिक रहेको अवस्थामा राष्ट्रिय गोपनीयता भंग हुने कार्य गरेको आरोप लगाएका छन्।

राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनु पर्ने उजुरीमा लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग
मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
हिमपात स् यातायात र हवाई उडान ठप्प
हिमपात स् यातायात र हवाई उडान ठप्प
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी

तपाईंले छुटाउनुभयो कि?