बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा

सारांश

  • काठमाडौँ – दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।
  • गृहमन्त्री जर्नादन शर्माले टेलिफोन गरेर रानालाई बधाई दिएका छन् ।
  • साथै, आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन र दुर्घटनाबाट बचाएकोमा गृहमन्त्री शर्माले हवल्दार रानालाई बहादुरीको कदर गर्दै पुरस्कृत गर्ने बताएका हुन् ।

काठमाडौँ – दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।

गृहमन्त्री जर्नादन शर्माले टेलिफोन गरेर रानालाई बधाई दिएका छन् । साथै, आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन र दुर्घटनाबाट बचाएकोमा गृहमन्त्री शर्माले हवल्दार रानालाई बहादुरीको कदर गर्दै पुरस्कृत गर्ने बताएका हुन् ।

‘हो मैले दुर्गालाई फोन गरे । जोखिम मोलेर दुर्घटना बचाएकोमा बधाईं दिएँ र पुरस्कृत गर्ने भनेको छु,’ गृहमन्त्री शर्माले रातोपाटीसँग भने ।

स्थानीय तहको निर्वाचन प्रभावित गर्ने गरी दाङ तुल्सीपुरको अम्बास मतदान केन्द्रमा सर्वसाधारणमाथि प्रहार गरिएको बम बुधबार हवल्दार  दुर्गा बहादुर रानाले भुइँमा खस्न नदिएर समाते

उनले बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि वाहवाही कमाएका छन् ।

रानाले जनताको रक्षा गर्नु नै आफ्नो धर्म भएकाले बम समातेको प्रतिक्रिया दिएका छन् ।

रानाले बम भुइँमा खस्न नदिएर क्रिकेटरले जस्तै च्याप्प समातेर बाहिर हुत्ताइदिएका थिए । भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?