डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
४० पटक हेरिएको
Shares
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी

सारांश

  • काठमाडौं,२९ असार – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकले आजदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
  •  १४ दिनदेखि आमरण अनशनरत डा.
  • गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आन्दोलनको घोषणा गरेका हुन् ।

काठमाडौं,२९ असार – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकले आजदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आन्दोलनको घोषणा गरेका हुन् ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्यसंस्थामा कुनै किसिमका बन्द, हडताल, घेराउ, प्रदर्शनजस्ता कुनै पनि काम नगर्न स्वास्थ्यकर्मीलाई चेतावनी दिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा काम गर्ने आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले शुक्रबारदेखि आकस्मिकबाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको छ । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन् । हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

एसोसिएसनले धेरै दिनदेखि कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ ।

यता, मन्त्रालयले एक सूचना जारी गर्दै देशमा बाढीपहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित हुने समय भएकोले ध्यान दिन आग्रह गरेको छ ।

देशभरका स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई नियमित रुपमा काममा खटिन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित जारी सूचनामा अस्पतालभित्र बन्द, हडताल, घेराउ गरेगराएको पाइएमा स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन एन २०१४ को दफा ३ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उल्लेख छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Tanka Giri

    गोबिन्द केसिले जनताकोलागि अनसन बसेको हु भन्न बेकार छ काठमाडौ बिरामि ल्याएर आएका म जस्तै लाखौ नेपाली जनताको के हबिगत भएको होला होटलको बसाइ काठमाडौंको बसाइ दिनको ५ हजार खर्च १ महिना भयो आएको डाक्टरहरु कागजको टोपी लगाएर माइतीघर मन्डलामा गोबिन्द केसिको भजन गाउने हाम्रो बिरामी कहिले निको हुने र हामी घर फर्कने सरकार र फेसबुकेहरु गोबिन्द केसिको माग पुरागर भन्छन खै गोबिन्द केसिको कारण हामी नेपाली जनता पीडित भएको कस्ले देख्ने हाम्रो माग कस्ले पूरा गर्ने?

    Comment Author

    Yogesh Bhattrai

    कतिलाई गर्ने कारवाही

    Comment Author

    Rana Dhan Kumar

    जो जस्ले सरकारी नुन चामल खायेर हद्ताल गर्छन सब्लाइ कार्बाही गर्नुपर्छ

    Comment Author

    Rajendra Kumar Kc

    2046 Saal ma panchayat birudha doctor haru lai hadtaal garna sikaoune nai yahi satta ma baseka ra satta bahir baseka neta harule nai ho .Ahile tyo kura afalai laagu vayo.

    Comment Author

    Shreejan Bhansakarya

    कुरा हैन कारबाही गर्नै पर्छ। गरिब निमुखा जनताले चिकित्सा शास्त्र पढ्न पाउनु नै पर्छ रे हा हा क्या मज्जा को कुरा। ३५लाख तिरेर पढ्न सक्ने नेपाली गरिब निमुखा रे ।यो कुन परिभाषा हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?