चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
सारांश
- चीनले भारतलाई सिक्किम सेनालाई आफ्नो सैनिक नहटाए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै कडा चेतावनी दिएको छ ।
- चीनियाँ सेनाले सहनशीलताको सीमा पार हुन लागेको बताउँदै भारतले छिटोभन्दा छिटो पछि हट्नुपर्ने बताएको छ ।
- जनमुक्ति सेनाको तर्फबाट जारी गरिएको बयानमा चीन आफ्नो सीमाको रक्षाका लागि पूर्ण रुपमा तयार भएको बताएको छ ।
चीनले भारतलाई सिक्किम सेनालाई आफ्नो सैनिक नहटाए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै कडा चेतावनी दिएको छ ।
चीनियाँ सेनाले सहनशीलताको सीमा पार हुन लागेको बताउँदै भारतले छिटोभन्दा छिटो पछि हट्नुपर्ने बताएको छ । जनमुक्ति सेनाको तर्फबाट जारी गरिएको बयानमा चीन आफ्नो सीमाको रक्षाका लागि पूर्ण रुपमा तयार भएको बताएको छ ।
दिल्लीमा चीनका एक वरिष्ठ कूटनीतिज्ञ लियु जिनसोंगका अनुसार भारतीय सैनिकले डोकलाम इलाकामा अवैध तरिकाले सीमा पार गरेको छ ।

चीनियाँ विदेश मन्त्रालयको डोकलाम विवादमाथि १५ पानाको विस्तृत दस्तावेज जारी गरेको एक दिनपछि चीनले यस्तो कडा शब्दको प्रयोग गरेको छ ।
चीनियाँ दस्तावेजमा भनिएको छ, ‘सन् २०१७ को जून १६ तारिखमा चीन डोंग लांग ९डोकलाम० इलाकामा सडक बनाइरहेको थियो । १८ जूनमा २ सय ७० भन्दा धेरै भारतीय सैनिक हतियारसमेत दुई बुल्डोजर लिएर सिक्किम सेक्टरदेखि डो का ला ९डोका ला० नजिकैबाट सीमामा आए । भारतीय सैनिक सडक बनाउने काममा बाधा पुर्याउने उद्देश्यसहित चीनियाँ इलाकामा सय मिटरभित्रसम्म प्रवेश गर्यो । एक समयमा भारतीय सैनिकको संख्या ४ सयसम्म पुगेको थियो ।’
दस्तावेजमा दाबी गरिएको छ, ‘भारतीय सैनिकले त्यहाँ तीनवटा पोल गाडिदिए र चीनको सीमामा १ सय ८० मिटर भित्रसम्म बढे । जुलाईको अन्त्यसम्म त्यहाँ ४० भारतीय सैनिक र एक बुल्डोजर अवैध तरिकाले चीनियाँ सीमामा तैनाथ छन् ।’
यता भारतले भने विवादित इलाकामा चीनलाई नयाँ सडक बनाउनबाट रोक्नका लागि आफ्नो सैनिक त्यहाँ पठाएको बताउँदै आएको छ ।
यसैबिच, चीनको सरकारी संवाद एजेन्सी सिन्ह्वाका अनुसार चीनको रक्षा मन्त्रालयले भारतसँग डोकलामबाट आफ्नो सैनिक हटाउनका लागि आग्रह गरेको छ । चीनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन गाकिषंगले सीमामाथि शान्ति स्थापना गर्नका लागि भारतले उचित कदम उठाउनुपर्ने बताएका छन् । बीबीसी हिन्दी
प्रतिक्रिया