सांसद अरुण चौधरी कारागार चलान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
४३ पटक हेरिएको
Shares
सांसद अरुण चौधरी कारागार चलान

सारांश

  • काठमाडौं ।
  • बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज कारागार चलान गरिएको छ ।
  • प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक समेत रहेका कैलाली क्षेत्र नं.

काठमाडौं । बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज कारागार चलान गरिएको छ । प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक समेत रहेका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई शुक्रबार कार्यालाय खुल्नासाथ १० बजे नै अदालत पेस गरिएको थियो ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परेका हुन् । चौधरीलाई कोहलपुरबाट पक्राउ गरिएको थियो ।

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो । तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी
गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
मुख्यसचिवको शंकास्पद भूमिका
मुख्यसचिवको शंकास्पद भूमिका
रारा घुम्न गएका स्याङजाको मेयरकाे टाउकाेमा ५ वटा टाँका !
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
प्रहरी माेबाइलमा व्यस्त हुँदा सर्वस्वसहित जन्मकैद पाएका अपराधी फरार
प्रहरी माेबाइलमा व्यस्त हुँदा सर्वस्वसहित जन्मकैद पाएका अपराधी फरार
सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो
सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो