डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
४० पटक हेरिएको
Shares
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्

सारांश

  • काठमाडौं, ९ चैत ।
  • अबदेखि डिशहोम च्यानल नं.
  • १०८ मा नेपाली कथानक चलचित्र “पञ्चायत” हेर्न सकिने भएको छ ।

काठमाडौं, ९ चैत । अबदेखि डिशहोम च्यानल नं. १०८ मा नेपाली कथानक चलचित्र “पञ्चायत” हेर्न सकिने भएको छ । डिशहोमले समय अभाव र विभिन्न कारणले “पञ्चायत” हेर्न सिनेमा घरसम्म पुग्न नसकेका दर्शकहरुलाई लक्ष्यित गरी मौलिक नेपाली कथावस्तु समेटेको “पञ्चायत”लाई आफ्नो च्यानलमा प्रसारण गर्न थालेको हो ।

डिशहोमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले लाखौं खर्चेर बनेका नेपाली सिनेमाको बजार विस्तार गरी चलचित्र उद्योगलाई पनि टेवा पुराउने उद्देश्यले यो च्यानल सञ्चालन गरिएको जानकारी दिए । “यसले चलचित्रको बजार विस्तार र चलचित्र उद्योगलाई टेवा पुराउने आशा लिएका छौं”, न्यौपानेले भने, “विभिन्न कारणले सिनेमा घरसम्म पुगेर चलचित्र हेर्न नसकेका दर्शकहरुले सुपथ मूल्यमै सपरिवारले घरमै बसेर हेर्न सकून् र यसबाट लाभान्वित होऊन् भन्ने हाम्रो चाहना हो ।” यसले चलचित्र उद्योगका लगानीकर्ताहरुलाई पनि प्रोत्साहन मिल्ने उनको धारणा छ ।

डिशहोम च्यानल नं. १०८ मा दिनभर ४ शो “पञ्चायत” प्रसारण भइरहेको छ । बिहान ८ बजे, दिउँसो १२ बजे, दिउँसो ४ बजे र बेलुकी ८ बजेदेखि शो शुरु हुने व्यवस्था मिलाइएको छ । सपरिवारका लागि प्रति शो २ सय २५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यो सिनेमा खुलाउने ३ तरिका : 
१. मोबाईलबाट साधारण SMS पठाएर

विहान ८ बजेको शो हेर्नको लागि
SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि
SMS Command: MOD CasID b

दिउँसो ४ बजेको शो हेर्नको लागि
SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि
SMS Command: MOD CasID d

नोट: CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राख्नुहोस्

२. डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६

३. नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडी SMS वा फोन गर्नुपर्नेछ र सेट–टप बक्समा कम्तिमा रु. २२५ ब्यालेन्स रकम हुनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
बालिका अपहरण,अपहरणकारी पक्राउ
बालिका अपहरण,अपहरणकारी पक्राउ
माटोरहित ‘पट फ्लावरको’ कारोबार सुरु
माटोरहित ‘पट फ्लावरको’ कारोबार सुरु
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
सवा चार करोडमा यस्तो बन्दै छ कपुरकोट गाउँपालिकाको भवन
सवा चार करोडमा यस्तो बन्दै छ कपुरकोट गाउँपालिकाको भवन
राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै
राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै
बलिउडका खतरनाक ५ नायक जो संग निर्देशकपनि डराउँछन्
बलिउडका खतरनाक ५ नायक जो संग निर्देशकपनि डराउँछन्
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?