सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • आइतबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।
  • आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मुल्य ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी तोलामा सोमबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?