सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा

सारांश

  • काठमाडौँ ।
  • सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् ।
  • यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँनुहुँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताइन् ।

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् ।

यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँनुहुँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताइन् । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको उनको भनाइ छ ।

“आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण छ”, मन्त्री शर्माले भनिन्।

सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उनले बताइन् ।

“विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो । हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ”, शर्माले भनिन् ।

जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउँदै शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने उनको भनाइ छ ।

नेपालको सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने र कानुन बनाउने विषयलाई प्राथमिकतामा राखिने पनि मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना
विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
युवाविहीन बन्दै हुम्लाका गाउँ
युवाविहीन बन्दै हुम्लाका गाउँ
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा

तपाईंले छुटाउनुभयो कि?