निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१६ पटक हेरिएको
Shares
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड

सारांश

  • चितवन– नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको शुरुआत भएको बताएका छन् ।
  • पूर्वप्रधानमन्त्री दाहालले आज साँझ रासससँग कुरा गर्दै सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।
  • उनले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो मत जाहेर गरेका चितवनवासीलगायत सम्पूर्ण देशवासीप्रति आभार प्रकट गरेका छन् ।

चितवन– नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको शुरुआत भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री दाहालले आज साँझ रासससँग कुरा गर्दै सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । उनले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो मत जाहेर गरेका चितवनवासीलगायत सम्पूर्ण देशवासीप्रति आभार प्रकट गरेका छन् ।

“निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्नेछ, यसले मुलुकलाई समृद्धितर्फ लैजानेछ”, उनले भने ।

उनले प्रत्येक मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएर संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?