राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

सारांश

  • भोजपुर ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ पुगेकी छिन् साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर पुगेकी हुन् ।
  • साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्ने छिन् ।

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ पुगेकी छिन्

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर पुगेकी हुन् ।

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्ने छिन् । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चना गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकनसमेत गर्ने भएकी छिन् । विसं १९२४ मा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता थिइन् ।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण गर्नाका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगरप्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटै रोगका कम्पनीपिच्छे औषधिको अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
देउवा र पौडेलबीच ६०–४० को भागबण्डा
देउवा र पौडेलबीच ६०–४० को भागबण्डा
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
विश्वकप फुटबल २०१८:  प्रतिबन्धबाट बचेका तीन खेलाडी
विश्वकप फुटबल २०१८: प्रतिबन्धबाट बचेका तीन खेलाडी
कानून बनाउन प्रदेश सरकार छलफलमा मन्त्री बोहरा
कानून बनाउन प्रदेश सरकार छलफलमा मन्त्री बोहरा

तपाईंले छुटाउनुभयो कि?