अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
  • यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन् । आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।

महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुँदैछन् ।

“नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमवाट नेतृत्व चयन गर्ने छौँ,” उनले भनिन्,नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक वडाल रहेका छन् ।

निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उनले बताइन् ।

महाधिवेशनमा नयाँ पुस्तामा देखिरहेको बहुदलिय राजनीतिप्रतिको अस्वभाविक धारणा र विद्यार्थी आन्दोलनको औचित्यमाथि उठिरहेको प्रश्नमाथि छलफल र समीक्षा गरिने महासचिव समिक बडालले जानकारी दिइन् ।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
आइसिसि लिग डिभिजिन २ का लागि को को परे टिममा ?
आइसिसि लिग डिभिजिन २ का लागि को को परे टिममा ?
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
बिपीपुत्र शशांक कोइराला कांग्रेसका भावी सभापति !
बिपीपुत्र शशांक कोइराला कांग्रेसका भावी सभापति !
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)

तपाईंले छुटाउनुभयो कि?