रास्वपा पार्टी खारेजीको माग गर्दै निवेदन दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
रास्वपा पार्टी खारेजीको माग गर्दै निवेदन दर्ता

सारांश

  • काठमाडौं ।
  • पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)खारेजीको माग गरी निर्वाचन आयोगमा निवेदन परेको छ ।
  • उक्त पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै सिन्धुलीका युवराज सफलले आइतबार आयोगमा निवेदन दर्ता गराएका हुन् ।

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)खारेजीको माग गरी निर्वाचन आयोगमा निवेदन परेको छ । उक्त पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै सिन्धुलीका युवराज सफलले आइतबार आयोगमा निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा दाबी गरिएको छ ।

निवेदनको पूर्णपाठ हेर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?