सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सारांश
- जम्मू कश्मीरको पुलवामा भएको आक्रमणको अहिले भारतले चौतर्फी आलोचना गरिरहेको छ ।
- आलोचनको यो लहरमा भारतीय सेलिब्रेटीहरु पनि अग्रपंक्तिमा उभिएका छन् ।
- बलिउडका कलाकारले यो घटनामा शहिद भएका सैनिक परिवारलाई सहयोग पनि गरिरहेका छन् ।
जम्मू कश्मीरको पुलवामा भएको आक्रमणको अहिले भारतले चौतर्फी आलोचना गरिरहेको छ । आलोचनको यो लहरमा भारतीय सेलिब्रेटीहरु पनि अग्रपंक्तिमा उभिएका छन् ।
बलिउडका कलाकारले यो घटनामा शहिद भएका सैनिक परिवारलाई सहयोग पनि गरिरहेका छन् । कलाकार सलमान खान पनि आलोचना र शहिद परिवारलाई सहयोग गर्न पछि हटेका छैनन् । उनले आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म नोटबुकबाट पाकिस्तानी गायक आतिफ असलमलाई निकालेका छन् ।
पिंकभिलाको एक रिपोर्टका अनुसार सलमानले आफ्नो प्रोडक्सन हाउसको उक्त फिल्मबाट अतिफको गीत हटाउने निर्णय गरेका हुन् । यसअघि टीसिरिजले पनि आतिफको गीतलाई युट्युवबाट अनलिष्ट गरेको थियो ।
पुलवामा भएको आतंकबादी आक्रमणपछि भारतमा रहेका पाकिस्तानी कलाकाहरु अहिले रिसको शिकार भइरहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया