अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताए ।

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताए ।

उनले विचार, सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुनःगठन गर्ने उद्देश्यसहित ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको जानकारी दिए । तत्कालीन पाँचदलीय गठबन्धन सरकार गठन गर्न असफल भएपछि स्वभाविकरूपमा एमालेले पहलकदमी लिएर सत्ता समीकरण निर्माण गरी राष्ट्रिय राजनीतिमा निर्णायक योगदान गरेको उनले बताए ।

वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको उनले उल्लेख गरे । पार्टी चौतर्फी घेराबन्दीका बीच चुनौतीको सामना गर्दै अघि बढिरहेको पनि उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले एमालेबाटै राष्ट्रपतिको उम्मेदवार अघि सारिने बताए ।

एमालेका प्रदेश अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, विन्दा पाण्डे, पोलिटब्यूरो सदस्य गणेश ठगुन्ना, राजेन्द्रसिंह रावल, नारदमुनी राना, निरु पाललगायतकोे सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?