प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका छन् ।
  • नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक संघको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका छन् ।

नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक संघको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन् ।

‘कांग्रेसले सधैँ मजदुरको पक्षमा काम गर्छ, अरु दल मजदुरको पक्षमा बोल्छन् काम गर्दैनन्, कांग्रेस सधै मजदुरको पक्षमा छ, काम गर्छ’, उनले भने । प्रवक्ता डा महतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मजदुर क्षेत्रको समस्या समाधानका लागि कांग्रेसले काम गर्ने बताए । मजदुरको पक्षमा कांग्रेस सधैँ अगाडि बढ्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने ऐन, कानुन निर्माणका लागि प्रदेश सरकारसँग कांग्रेसले सहकार्य गर्ने विश्वास व्यक्त गरे । पर्यटन मजदुरको समस्या समाधान गर्न बागमती प्रदेशले भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल यातायात मजदुर संघका पूर्वअध्यक्ष एवम् नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘नेपाल ट्रेड युनियन कांग्रेसले अगाडि सारेको अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले पहल थाल्नुपर्छ’, उनले भने ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पार्टी र सरकारले भूमिका खेल्नुपर्ने बताए । विसं २०६६ मा स्थापना भएको नेपाल पर्यटन श्रमिक संघमा हाल देशभर एक हजार ४०० पदयात्रा, आरोहण, जलयात्रा, ‘टुर’, जङ्गल सफारी गाईडलगायत आवद्ध रहेको संघका अध्यक्ष कपिल पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम : विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने
विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम : विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते
मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
बुधबारको राशिफल
बुधबारको राशिफल
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
आज माघे संक्रान्ति
आज माघे संक्रान्ति

तपाईंले छुटाउनुभयो कि?