उच्च अदालतकाे आदेशसँगै कलाकार पल शाह आज रिहा हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
उच्च अदालतकाे आदेशसँगै कलाकार पल शाह आज रिहा हुँदै

सारांश

  • पोखरा।
  • जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ।
  • पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन्।

पोखरा। जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ। पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन्।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो। शाहले नवलपरासी अदालतकाे आदेश बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो।

शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?