‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ४, २०७९
|
|
४० पटक हेरिएको
Shares
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’

सारांश

  • मोरङ ।
  • अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई दक्षता, भाषा एवं व्यावसायिक सीप प्रदान गर्न आजदेखि यहाँ तीनदिने तालिम सञ्चालन गरिएको छ ।
  • कोसी प्रदेश नेपाल कानुन व्यवसायी परिषद् विराटनगरद्वारा आजदेखि यहाँ आयोजित ३०औँ अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई पूर्वव्यावसायिक आधारभूत तालिममा क्षमता अभिवृद्धि, सार्वजनिक महत्व विषय लगायतमा सैैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान प्रदान गरिने छ ।

मोरङ । अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई दक्षता, भाषा एवं व्यावसायिक सीप प्रदान गर्न आजदेखि यहाँ तीनदिने तालिम सञ्चालन गरिएको छ ।

कोसी प्रदेश नेपाल कानुन व्यवसायी परिषद् विराटनगरद्वारा आजदेखि यहाँ आयोजित ३०औँ अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई पूर्वव्यावसायिक आधारभूत तालिममा क्षमता अभिवृद्धि, सार्वजनिक महत्व विषय लगायतमा सैैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान प्रदान गरिने छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले तालिमको उद्घाटन गर्दै व्यवसायीहरु इमान्दार, निडर एवं अध्ययनशील भई न्यायालय र बारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कोसी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले पेसागत आचरण कायम राखी न्यायालयको गरिमा उच्च बनाई राख्नुपर्ने आवश्यकता औँल्याए । परिषद्का पार्षद प्रेमप्रसाद पोखरेल, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्वप्रदेश महान्यायाधिवक्ता चुडामणि आचार्य र देवी घिमिरेले मर्यादित र नैतिकवान भएर न्यायालयलाई बलियो बनाउने भूमिका निभाउनुपर्ने सुझाव दिए ।

सङ्घीयता स्थापनापछि मोफसलमा पहिलो पटक हुन लागेको तालिममा कोसी र मधेस प्रदेशका १७ महिलासहित ५७ जनाको सहभागिता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?