नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा

सारांश

  • श्रावण १५, २०७४- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको भ्रातृ संगठन दलित शक्तिका संयोजकसहित केन्द्रीय नेताहरुले राजीनामा दिएका छन् ।
  • पार्टी नेतृत्व दलितलगायत उत्पीडित समुदायको मागप्रति जिम्मेवार नबनेको भन्दै दलित शक्तिकी संयोजक एवं नयाँ शक्तिको विघटित सचिवालय सदस्य सुशीला सिरपाइलीसहित ५ जनाले पदत्याग गरेका हुन् ।
  • राजीनामा दिनेमा दलित शक्तिका प्रवक्ता दलमर्दन कामी, कार्यालय सचिव महेन्द्र सुनार, संगठन विभाग प्रमुख दिपेन्द्र विक र सूचना तथा सञ्चार विभाग प्रमुख गणेश विक छन् ।

श्रावण १५, २०७४- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको भ्रातृ संगठन दलित शक्तिका संयोजकसहित केन्द्रीय नेताहरुले राजीनामा दिएका छन् । पार्टी नेतृत्व दलितलगायत उत्पीडित समुदायको मागप्रति जिम्मेवार नबनेको भन्दै दलित शक्तिकी संयोजक एवं नयाँ शक्तिको विघटित सचिवालय सदस्य सुशीला सिरपाइलीसहित ५ जनाले पदत्याग गरेका हुन् । राजीनामा दिनेमा दलित शक्तिका प्रवक्ता दलमर्दन कामी, कार्यालय सचिव महेन्द्र सुनार, संगठन विभाग प्रमुख दिपेन्द्र विक र सूचना तथा सञ्चार विभाग प्रमुख गणेश विक छन् । चुनावमा लज्जास्पद हार बेहोरेकोमा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै केही दिनअघि नयाँ शक्तिका केन्द्रीय प्रवक्ता खिमलाल देवकोटाले पनि पदबाट राजीनामा दिएका थिए ।

कान्तिपुरसँग दलित शक्तिका प्रवक्ता दलमर्दन कामीले भने, ‘हामी पार्टीको विभिन्न जिम्मेवारीमा थियौं । नेतृत्वमा रहेरै पनि अर्कोसँग अधिकार माग्नुपर्ने स्थिति बनेपछि पदबाट राजीनामा दिएका हौं ।’उनले पार्टी नेतृत्वलाई सचेत र खबरदारीका लागि जिम्मेवारीबाट राजीनामा दिएको र नेतृत्व नसच्चिए विकल्प सोचिने बताए । सबैभन्दा उत्पीडित जाति दलितलाई पार्टीले समेट्नु पर्नेमा सधैंको बैठकमा आफूहरुको मुद्दालाई विभिन्न बहानामा बिर्सने गरेको भन्दै उनले आपत्ति जनाए । पार्टीमा सबै क्लस्टर मिलाएर समान दस्तावेज बन्नु पर्ने उनको भनाइ छ ।

नयाँ र वैकल्पिक शक्ति बनाउने भन्ने तर उत्पीडित समुदायको मुद्दाप्रति नेतृत्वको व्यवहारमा त्यस्तो नदेखिएको उनको आरोप छ ।इकान्तिपुर बाट

 

(winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?