घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
३३ पटक हेरिएको
Shares
घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु

सारांश

  • आकारा ।
  • दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
  • ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन् ।

आकारा । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन् ।

उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएको बताए । आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका थिए । उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?