नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
  • नयाँ शक्तिका नेताहरु बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

९ कात्तिक, काठमाडौं । गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नयाँ शक्तिका नेताहरु बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

तिमल्सिनाका अनुसार नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सहइञ्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा.जीतबहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर गुरुङलगायत छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थीहरुको किल्ला भएको भन्दै माओवादी केन्द्र विजयी हुने बताएका थिए । प्रचण्डले भने, ‘गोरखा जिल्लाको राजनीतिक संघर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । तपाईंहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नम्बर–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नम्बर–१ का उम्मेद्वार हरिराज अधिकारी लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले पाएनन् विश्वासको मत
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…

तपाईंले छुटाउनुभयो कि?