राजपाका नेतासहित २५० जना एमाले प्रवेश
सारांश
- जनकपुर, २२ साउन ।
- असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा प्रदेश नम्बर दुईमा पार्टी प्रवेशको लहर चलेको छ ।
- खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेमा प्रवेश गर्नेहरु दिनदिनै बढिरहेका छन् ।
जनकपुर, २२ साउन । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा प्रदेश नम्बर दुईमा पार्टी प्रवेशको लहर चलेको छ ।
खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेमा प्रवेश गर्नेहरु दिनदिनै बढिरहेका छन् । केन्द्रीय नेताहरु चुनावी तयारीका लागि आएका बेला विगतमा पार्टी छाडेका पनि फर्किरहेका छन् ।
यसैक्रममा शनिबार धनुषामा एमाले जिल्ला कमिटीद्धारा आयोजित कार्यकर्ता भेलामा राष्टिय जनता पार्टी नेपालका केन्द्रीय सदस्यसहित २५० जना पार्टी प्रवेश गरेका छन् ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यकर्ता भेलामा राजपाका केन्द्रिय सदस्य मुन्नी दास र चन्द्रकला सिंह, पत्रकार महासंघका केन्द्रिय पार्षद रुपेश सिंह, राजपा महिला संघका केन्द्रिय उपाध्यक्ष शुष्मा साह, सबैको प्रीय कलाकार बिएन पटेल, कलाकार अजय मण्डल लगायत करिब २५० जना राजपा, कांग्रेस र माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको धनुषाका युवा नेता सञ्जीव झाले जानकारी दिए ।
नवप्रवेशीलाई महासचिव पोखरेल, सचिव योगेश भट्टराई, नेता रघुविर महासेठ, नेतृ अनिता यादव लगायत जिल्ला नेताहरुले माला र टिका लगाएर स्वागत गरेका थिए । नवप्रवेशीले तराई मधेसको समृद्धि एमालेले मात्र गर्न सक्ने भन्दै आफूहरु पार्टी प्रवेश गरेको बताए ।
प्रतिक्रिया