छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ७, २०७९
|
|
४४ पटक हेरिएको
Shares
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय मानवअधिकार आयोगले जातीय छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
  • जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च २१) को अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जातीय विभेद्का सबै घटनाका सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च २१) को अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जातीय विभेद्का सबै घटनाका सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

‘समाजमा दैनिकजसो घट्ने जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘समाजमा कायम रहेको विभेद्को अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन आयोग सबै राजनीतिक दल, गैरसरकारी सङ्घ संस्था तथा नागरिकलाई आयोग अनुरोध गर्दछ ।’

संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि जातीय विभेदको स्थिति कायमै रहेको र दोषीलाई कानुन बमोजिम समयमै कारबाही हुन नसकेको स्थिति छ । पछिल्लो समय ओखलढुङ्गामा दलित समुदायलाई मन्दिर प्रवेश गर्न रोक लगाइएको विषयमा प्रमुख जिल्ला अधिकारीकै संयोजकत्वमा बसेको बैठकले निर्णय गरी अपराधलाई ढाकछोप गर्न खोजिएको, सिराहाको भगवनपुर गाउँपालिका अध्यक्षले घरमा राखेको भोजमा जातीय भेदभावजन्यकार्य गरेको, महोत्तरीमा दलितको भोज खाएको भनि सामाजिक बहिष्कार गरिएको साथै जुम्ला, रामेछापलगायतका जिल्लामा जातीय भेद्भावका घटना भएका आयोगको अनुगमनबाट पाइएको छ ।

संयुक्त राष्ट्र सङ्घद्वारा जारी तथा नेपाल पक्ष भएको जातीय भेद्भाव उन्मूलन गर्ने तथा भेद्भावका कारण पीडित व्यक्ति वा समूहका अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने उल्लेख गरेको छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हक, छुवाछूत तथा भेद्भाव (कसूर र सजाय) ऐन, २०६८ र मुलुकी अपराधसंहिता, २०७४ समेतले यी हकको प्रत्याभूति गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री राउतविरुद्ध खनिए नवराज सिलवाल, हावा कुरा नगर्न चेतावनी (भिडियोसहित)
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
प्रहरी र विप्लव समूहबीच गोली हानाहान
प्रहरी र विप्लव समूहबीच गोली हानाहान
जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
प्रधानमन्त्री ओली सार्क सहकार्यमा  सक्रिय
प्रधानमन्त्री ओली सार्क सहकार्यमा सक्रिय
4rabet At A Glance
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता