ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल

सारांश

  • काठमाडौं, ७ भदौ ।
  • ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोस मारिया मरिनले भ्रष्टाचार गरेको ठहर भएको छ ।
  • उनले भ्रष्टाचार गरेको ठहर गर्दै ४ वर्षको जेल सजाय सुनाइएको छ ।

काठमाडौं, ७ भदौ । ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोस मारिया मरिनले भ्रष्टाचार गरेको ठहर भएको छ । उनले भ्रष्टाचार गरेको ठहर गर्दै ४ वर्षको जेल सजाय सुनाइएको छ ।

विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अदालतले जेल सजाय सुनाएको हो । ८६ वर्षे जोसलाई फिफाको बिलियन डलर घोटाला काण्डमा संलग्न भएको आरोप लागेको थियो ।

चार वर्ष जेलका साथै उनलाई एक दशमलव दुई मिलियन अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । यसका साथै अदालतले ३ दशलमव ३४ मिलियन डलर चुक्ता गर्न पनि भनेको छ । सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि पक्राउ परेका थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?