पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !

सारांश

  • काठमाडाैँ, २२ असाेज ।
  • पोखरामा आयोजना हुन लागेकाे पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिएको छ।
  • आवश्यक प्रमाण बुझाएपछि आइसीसीले पीपीएललाई मान्यता दिएको हाे ।

काठमाडाैँ, २२ असाेज । पोखरामा आयोजना हुन लागेकाे पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिएको छ। आवश्यक प्रमाण बुझाएपछि आइसीसीले पीपीएललाई मान्यता दिएको हाे । अब पीपीएलको आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर बुझाउनुपर्नेछ।

आइसीसीको मान्यतासँगै पीपीपएलमा खेल्न विदेशी खेलाडीलाई समेत सजिलो हुने र सम्बन्धित देशबाट ‘एनओसी’ लिन खेलाडीहरुलाई सहज हुनेछ । कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पीपीएलमा नेपालको ६ सहरको नामबाट ६ फ्रेन्चाइज टाेलीले प्रतिस्पर्धा गर्नेछन्।  प्रतियाेगिताका लागि मार्की खेलाडीको नाम सार्वजनिक र प्लेअर अक्सन सम्पन्न भइसकेको छ। अब सहभागी टिमले दुई स्थानिय खेलाडी र दुई विदेशी खेलाडीको कोटा पुरा गर्न बाँकी छ।

पीपीएलमा विराटनगर टाइटन्स, चितवन टाइगर्स, काठमाडौँ रोएल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्।

अरु घरेलु प्रतियाेगिता एभरेष्ट प्रिमियर लिग इपिएल र धनगढी प्रिमियर लिग डिपिएल लांई निकै रुचाइएपछि पाेखरा प्रिमियर लिगलाई पनि निकै चासाेका साथ हेरिएकाे छ । प्रतियाेगितामा हाल सम्म कै सबैभन्दा ठूलाे पुरस्कार राशी दिइने भनिएपनि रकम भने खुलाइएकाे छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
जुडी खोलाले बगाएर २ जना बेपत्ता
जुडी खोलाले बगाएर २ जना बेपत्ता
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
विदेशी मालिकको कुटाइबाट खुट्टा भाँचिएकी सीता परराष्ट्र मन्त्रालयमा
विदेशी मालिकको कुटाइबाट खुट्टा भाँचिएकी सीता परराष्ट्र मन्त्रालयमा
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक