भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३, २०७७
|
|
४१ पटक हेरिएको
Shares
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने

सारांश

  • काठमाडौँ ३भदौ : काठमाडौं उपत्याकामा भोलीदेखि निषेधाज्ञा जारी गरेपछि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालन हुने भएका छन् ।
  • काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको मंगलबारको बैंठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा अन्तरगत पर्ने भएकाले न्यूनतम कर्मचारी राखेर आलोपालो नजिकका शाखा सञ्चालन गर्ने तयारी गरेका हुन् ।
  • सेवाग्राहीलाइ सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा लिन पनि बैंकले आग्रह गरिरहेका छन् ।

काठमाडौँ ३भदौ : काठमाडौं उपत्याकामा भोलीदेखि निषेधाज्ञा जारी गरेपछि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालन हुने भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको मंगलबारको बैंठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा अन्तरगत पर्ने भएकाले न्यूनतम कर्मचारी राखेर आलोपालो नजिकका शाखा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

सेवाग्राहीलाइ सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा लिन पनि बैंकले आग्रह गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञामा सकेसम्म बैंक तथा वित्तीय संस्था समेत नखोल्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाको हकमा मर्चुअल तथा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा मात्र न्यूनतम कर्मचारी बोलाएर सेवा दिन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि अहिले पनि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत मात्र कर्मचारी बोलाएर सेवा दिइरहेका छन् । कोरोना भाइरसको संत्रमण बढी देखिएका कतिपय शाखा कार्यालयहरू बन्द भएका छन् । तर, उपत्याका हकमा भने निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था बीमा सेवा पूर्ण रुपमा बन्द भने हुने छैन ।

अहिले पनि अत्यावश्यक पर्ने कर्मचारीलाई मात्र बैंकमा बोलाउने गरिएको छ । अन्य कर्मचारीलाई घरबाट नै काम भनिदै आएको छ । नेपाल बैकर्स संघले अत्यावश्यक नपरेसम्म बैंक तथा वित्तीय संस्थामा नआउनको लागि अनुरोध गरेको छ ।

विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको भन्दै यी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको छ । संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम भदौ ३ गते राती १२ः ०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्म काठमाडौं उपत्यकाभर निषेधाज्ञा जारी गर्ने निणर्य गरेपनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा अन्तरगत पर्ने भएकाले सेवा सञ्चालन गर्ने भएका छन् ।-मेरोलागानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
आजको राशिफल
आजको राशिफल
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
स्मिथ फ्यानका लागि खुशीकाे खबर, क्यारेबियन प्रिमियर लिगमा खेल्दै स्टीभ स्मिथ
स्मिथ फ्यानका लागि खुशीकाे खबर, क्यारेबियन प्रिमियर लिगमा खेल्दै स्टीभ स्मिथ
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
आततायी आक्रमण
आततायी आक्रमण

तपाईंले छुटाउनुभयो कि?