प्रहरी र विप्लव समूहबीच गोली हानाहान
सारांश
- काठमाडौं।
- अछाममा प्रहरी र विप्लव समूहका कार्यक्रताबीच दोहोरो गोली हानाहान भएको छ।
- जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनको झाँतामा उनीहरू बीच हिजो (मंगलबार) गोली हानाहान भएको हो।
काठमाडौं। अछाममा प्रहरी र विप्लव समूहका कार्यक्रताबीच दोहोरो गोली हानाहान भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनको झाँतामा उनीहरू बीच हिजो (मंगलबार) गोली हानाहान भएको हो।
विप्लव समूहलाई खोज्दै गाउँ पसेको प्रहरी टोलीमाथि सुरुमा विप्लव समूहका कार्यर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए। उनका अनुसार प्रतिकार गर्ने क्रममा प्रहरीले ६ राउन्ड गोली चलाएको थियो।
गोली चलाएपछि अधिकांसश विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भागेका छन् भने ४ जनालाई नियन्त्रणमा लिइएको डिएसपी शाहीले बताए।
स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा विप्लव समूहको अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउँद र राजेन्द्र धामी तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका भुमिसरा धामी छन्।
गोली हानाहानमा विप्लव निकट नेकपाका जिल्ला इन्चार्ज शेरबहादुर बिश्वकर्माको खुट्टामा चोट लागेको बताइएको छ । विप्लव समूहका कार्यकर्ता हतियारसहित गाउँ पसेको थाहा पाएपछि तीन दिन अघिदेखि प्रहरीले उनीहरूलाई पिछा गरिरहेको थियो ।
झाँता गाउँका स्थानीयका घरमा खाना खाइरहेको बेला प्रहरीको गस्ती गाउँ पुगेको थाहा पाएपछि नेकपाका कार्यकर्ताले गोली चलाउन थालेका थिए । तर प्रहरीले जवाफी फायरिङ गरेपछि विप्लव समूहका कार्यकर्ता तितरबितर भएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया