मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
५१ पटक हेरिएको
Shares
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै

सारांश

  • काठमाडौँ ।
  • सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ ।
  • आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

काठमाडौँ । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ ।

आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए ।

सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो । यससम्बन्धी कानुन ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको पनि उनले बताए ।

केही दिनदेखि राजधानी काठमाडौँमै आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुका समस्या बुझ्न उनीहरुसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहेका छन् ।

मिटर ब्याज पीडितहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टङ्गालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
तीन वर्षसम्म लोकसेवाबाट पदपूर्ति रोक्ने प्रस्ताव
तीन वर्षसम्म लोकसेवाबाट पदपूर्ति रोक्ने प्रस्ताव
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती
हात्तीमा स्टीकर टाँस्दै भनियो ‘बुद्ध वाज बर्न इन नेपाल’
हात्तीमा स्टीकर टाँस्दै भनियो ‘बुद्ध वाज बर्न इन नेपाल’
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)