१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध

सारांश

  • असोज २६, गोरखा – १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध पक्राऊ परेका छन् ।
  • प्रहरीले गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँलाई पक्राउ गरेको हो ।
  • बुधबार दिउँसो साढे ४ बजे बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो ।

असोज २६, गोरखा – १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध पक्राऊ परेका छन् । प्रहरीले गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो साढे ४ बजे बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो ।

बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । वृद्ध मियाँले यसअघि पनि बालिकालाई पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीको भनाई छ । बालिकाकी आमा सुस्तमनस्थितिकी रहेको र बाबु पनि कामका लागि भारतमा रहेका छन् ।

प्रहरीका अनुसार मियाँले १०/२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । ‘पहिले पनि तीन पटकसम्म घटना भएको पाइयो’, अधिकारीले भन्नुभयो, ‘आमाले बच्चाको स्याहार गर्न नसक्ने रहिछन्, त्यही मौकामा उसले १०/२० रुपैयाँ दिएर पटकपटक त्यसो गर्दै आएको रहेछ ।’ बुधबारको घटना पनि पैसाको लोभ देखाएरै भएको पाइएको एसपी अधिकारीको भनाई छ । बालिकाले २० रुपैयाँ मागेपछि आरोपी मियाँले १० रुपैयाँ दिएर प्रलोभनमा पारेको उहाँले बताउनुभयो । प्रहरीले बालिकाको साथबाट १० रुपैयाँ पनि फेला पारेको छ ।

रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम ल्याइएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो
सोलुखुम्बुमा वाम गठबन्धन बलियो
सोलुखुम्बुमा वाम गठबन्धन बलियो
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
बाराको निजगढ उपमहानगरमा एमालेको विजयी
बाराको निजगढ उपमहानगरमा एमालेको विजयी
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
आज अफ्रिका जाँदै सन्दिप लामिछाने
आज अफ्रिका जाँदै सन्दिप लामिछाने