ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

सारांश

  • ओखलढुङ्गा ।
  • ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ ।
  • विगतका वर्षहरुमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरुले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् ।

ओखलढुङ्गा । ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरुमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरुले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक जिल्ला आइपुगेकाले भर्नासँगै पुस्तक वितरण गरिने शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए । जिल्लाका सबै आठवटै पालिकामा पाठ्यपुस्तक पुगिसकेको र विद्यालयमार्फत विद्यार्थीलाई वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘विगतका वर्षहरुमा शैक्षिक उपलब्धि मूल्याङ्कन गर्दा पनि पाठ्यपुस्तक समयमा नपाउँदा कमजोर नतिजा आएको भन्ने निष्कर्ष आउँथ्यो । तर यो वर्ष भर्ना गर्न विद्यालय आएका विद्यार्थीले नयाँ कक्षाको पुस्तक लिएर जानेछन्, त्यो तयारी भइसकेको छ ।’

प्रमुख गजुरेलका अनुसार सबै पालिकामार्फत विद्यालयमा पुस्तक पठाइसकिएको छ । पाठ्यपुस्तक नआएको वा अपुग भए जानकारी गराउन उनले अपिल गरे। विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नआउँदा पठनपाठनमा समस्या हुने गरेको थियो । यस वर्ष समयमै पुस्तक पाउने भएपछि विद्यार्थी खुसी भएको कटुञ्जे माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनककुमार कार्कीले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा यसले टेवा पुग्ने उनको भनाइ छ ।

जिल्लाका आठवटै पालिकामा रहेका सबै विद्यालयमा वैशाख ५ गते अगाडि नै पुस्तक पुर्‍याउने र विद्यार्थीलाई वैशाख ५ मा नै वितरण गर्ने तयारी भइरहेको छ । विगतका वर्षहरुमा पुस्तक समयमा नपाउँदा आधा शैक्षिक सत्रसम्म पढाइ सुरु नहुने र अन्ततः कोर्ष नसकिने समस्या थियो ।

यसका कारण विद्यार्थीमा धेरै समस्या पनि उत्पन्न भएको थियो । यस वर्ष शैक्षिक वर्ष सुरु भएसँगै पुस्तकहरू उपलब्ध हुन थालेपछि यसले विद्यार्थी र उनीहरुका अभिभावकहरू पनि खुसी भएका छन् । उनीहरूले पुस्तकका लागि विगतका वर्षहरूजस्तो समस्या झेल्न यस वर्ष नपर्ने जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
२०औं गुणा सस्तिने भयो कडा रोगको औषधि
२०औं गुणा सस्तिने भयो कडा रोगको औषधि
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
आज प्रणय दिवस एक आपसमा प्रेम साटासाट गरी मनाइँदै
आज प्रणय दिवस एक आपसमा प्रेम साटासाट गरी मनाइँदै
गौशालामा गोली चल्यो, गुण्डानाइके गणेश लामा समातिए
गौशालामा गोली चल्यो, गुण्डानाइके गणेश लामा समातिए
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
KBC Question 10,Which of these leaders has never been the prime minister of pakistan ?

तपाईंले छुटाउनुभयो कि?