प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप लगाए ।

काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप लगाए । सांसद डा. अमरेशकुमार सिंहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली नागरिकता पाउनबाट वञ्चित हुनु परेको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

सांसद अनिता देवीले १७ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेकामा सबैभन्दा बढी दलित समुदाय बढी प्रभावित भएको बताए । सांसद योगन्द्र मण्डलले छ महिनाभित्र नागरिकताको समस्या समाधान गर्छु भनेर प्रधानमन्त्रीले बोल्नुभएको तर कहिले समाधान हुन्छ भनी प्रश्न गरे । सांसद दिलेन्द्रप्रसाद बडूले एक दैनिक पत्रिकाले दोहोरो राहदानी प्रयोग गरेको भन्ने समाचारमा आफ्नो नामसमेत मुछेको भन्ने समाचारप्रति गम्भीर आपत्ति प्रकट गरे । उनले सो समाचारका सम्बन्धमा ध्यानाकर्षण गराउँदै सत्य तथ्य कुराको मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

सांसद ताराप्रसाद लामाले कञ्चनपुरको बेलौरी छोटी भन्सार तत्काल चालु अवस्थामा ल्याउन आग्रह गरे । सांसद सञ्जय गौतमले सामुदायिक विश्वविद्यालय र विद्यालयमा विद्यार्थीको भर्ना सङ्ख्या घट्दै गएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरे । सांसद दयालबहादुर शाहीले विकास निर्माण गर्दा स्थानीय जनतालाई असर नपर्ने गरी बनाउनुपर्नेमा जोड दिए । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाली आमा र बाबुको सन्तानलाई नागरिकता दिन रोक्नुपर्ने कुनै आधार र कारण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सासंंद रुक्मणि बराइलीले चार महिनादेखि जनताको समस्याबारे सदनमा राखिरहेको तर संसद्मा राखेका कुरालाई सरकारले ध्यान नदिएकोप्रति ध्यानाकर्षण गराए । सांसद रामकृष्ण यादवले नेपाली नागरिक भएर पनि नागरिकताविहीन हुनुपरेको र राज्यका धेरै सुविधाबाट वञ्चित हुनुपरेको र यो समस्या विकराल बन्दै गएको बताउँदै तत्काल नागरिकतासम्बन्धी विधेयक ल्याउन माग गरे। साथै उनले मुलुकका धेरै स्थानमा पूर्वाधार निर्माणमा निर्माण व्यवसायीबाट लापरबाही भएकाले यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?