आज राष्ट्रपतिको चुनाव, विद्या र लक्ष्मी भिड्दै, ६ जनाले भोट नदिने,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ फागुन- आज नेपालमा नयाँ राष्ट्रपतिको चुनाव हुँदैछ ।
  • संघीय गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति चुन्न आज मतदान हुँदैछ ।
  • वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वसांसद कुमारीलक्ष्मी राई राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धा छन्।

काठमाडौं, २९ फागुन- आज नेपालमा नयाँ राष्ट्रपतिको चुनाव हुँदैछ । संघीय गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति चुन्न आज मतदान हुँदैछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वसांसद कुमारीलक्ष्मी राई राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धा छन्।

वर्तमान राष्ट्रपति भण्डारीको उम्मेदवारीको पक्षमा सत्तारुढ दलहरु छन् । सत्तारुढ दलहरूमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

राईलाई नेपाली कांग्रेस र राप्रपाले समर्थन गरेका छन् । नयाँ शक्ति पार्टीले भने निर्वाचन प्रक्रियामा सामेल नहुने जनाएको छ।  प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका राष्ट्रियसभाका ३ जनाले भोट दिन पाउने छैनन् । उनीहरुको मतदाता नामावलीमा नाम नभएका कारण दिन नपाउने भएका हुन् । राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका डा। युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेलले मतदाता नामावलीमा नाम नभएपछि राष्ट्रियसभाका ५६ जना मात्रै मतदाता हुने भएका छन्। यसबाट संघीय संसद्मा मतदान गर्नेको संख्या ३३१ हुने भएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरूको निर्वाचन मण्डलबाट बहुमत प्राप्त गर्ने व्यक्ति निर्वाचित हुने व्यवस्था छ। राष्ट्रपतिको निर्वाचनमा ५२ हजार ५ सय मतभार भएको छ । ३६ हजार ५ सय १ मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ छ भने प्रादेशिक संसद्को मतभार ४८ छ। निर्वाचन आयोगका अनुसार संघीय संसद्का ३ सय ३१ र प्रादेशिक संसद्का ५ सय ४९ जना मतदाता छन्। संघीय संसद्मा प्रतिनिधिसभाका २ सय ७५ जना र राष्ट्रियसभाका ५९ सदस्य गरी ३ सय ३४ जना छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Som Shrestha

    Agreem Shuvkamana President Vidya Bhandari jyu laae.

    Comment Author

    Shyam Pant

    Bhandari madem ko nai hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?