पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण

सारांश

  • गण्डकी ।
  • नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।
  •    कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ यही वैशाख ३ गते प्रस्थान गरेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

गण्डकी । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।
  
कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ यही वैशाख ३ गते प्रस्थान गरेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

‘पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बिटुबी भेट २०२३’ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारसँग छलफल एवं अन्तक्र्रिया गरिएको उनले बताए ।
  
“प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रवद्र्धनात्मक सामग्री वितरण ग¥यौँ”, उनले भने, “उक्त क्रममा भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको जनाउँदै भ्रमणका लागि अनुरोध गरेका छौँ ।”
  
कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै उनले आगामी दिनमा ती क्षेत्रबाट पर्यटककको आगमन बढ्ने आशा जगाएको बताए । अन्तक्र्रिया एवं व्यवसायी व्यवसायीबीचको भेटघाट(बिटुबी)का क्रममा भारतीय पर्यटकले पोखरा घुम्नका लागि राम्रो गन्तव्य भए पनि त्यहाँसम्म पुग्ने बाटोका अवस्था दयनीय भएको बताए ।
  
टुरिजम एसोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भइरहँदा पोखरा जान असहज भएको बताए । “यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन”, उनले भने, “पोखरासँगको कनेक्टिभिटीलाई प्राथमिकता दिनु जरुरी छ ।
  
कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा योगदान पुगको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउछन् । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटी एवं पूर्वाधार विकासका कुरामा सरकारले ध्यान दिनु जरुरी रहेको उनले बताए ।

“नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो”, उनले भने, “भारतीय पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ ।” बनारसका वरिष्ठ पर्यटन व्यवसायी सन्दीप पटेलले पोखरा सबै मौसमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै कनेक्टिभिटी नै यहाँको प्रमुख आवश्यकता भएकोमा जोड दिए ।

“पोखरा र बनारस दुवै धार्मिकरुपमा पुग्नैपर्ने गन्तव्य हुन्”, उनले भने, “यी दुवै गन्तव्यलाई साझेदारीका माध्यमबाट धार्मिक पर्यटकीयरुपमा पनि जोड्न सकिन्छ ।” पोखरा र वनारसको पर्यटकीय साझेदारी अपरिहार्य भएकोमा उनले जोड दिए । नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले कार्यक्रमका क्रममा पोखरा धार्मिक साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण सहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउँदै प्रवद्र्धनले यहाँको सम्भावनालाई उजागर गरेको बताए । विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाइने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको थियो ।
  
उक्त क्रममा भारतीय पर्यटकले भारत ल्याइएको देवशिलाले दबै देशबीचको सम्बन्धलाई अझै बलियो बनाएको धारणा राखेका थिए । उत्तर प्रदेश पर्यटन विभाग, अयोध्याका उपनिर्देशक आरपी यादवले पोखरासँगको पर्यटकीय साझेदारी बढाउने कुरामा आफूहरू सधैँ तयार रहेको धारणा राखे ।
  
कार्यक्रममा भारतबाट आउने पर्यटकले सीमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञासा राखिएको थियो । गोरखपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले दामोदरकुण्डको यात्रालाई सहज र व्यवस्थित बनाएमा भारतबाट अत्यधिक पर्यटक भित्रने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
गोली हानी श्रीमतीको हत्या
गोली हानी श्रीमतीको हत्या
नेताहरुले आचारसंहिता मिच्दै गरे स्वराजसँग साउती
नेताहरुले आचारसंहिता मिच्दै गरे स्वराजसँग साउती
गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
नेपाल लाइफको ‘कोरोना भाइरस उपचार कोष’ मा १ करोड सहयोग
नेपाल लाइफको ‘कोरोना भाइरस उपचार कोष’ मा १ करोड सहयोग
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?