दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल

सारांश

  • दाङ।
  •  भारी बर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।
  • जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी बर्षा भएका कारण राप्ती र बबई नदी लगायत अन्य खोलाहरुको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।

दाङ। भारी बर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी बर्षा भएका कारण राप्ती र बबई नदी लगायत अन्य खोलाहरुको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।

दाङको बगासोगी, लालमटीया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी बर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसो सम्म सतर्क रहन आग्रह गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?