बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली
सारांश
- बारा ।
- सर्वदलीय बैठक पछि बारा २ को मतगणना सुरु भएको छ ।
- हिजो सम्पन्न उपनिर्वाचनको आजवाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।
बारा । सर्वदलीय बैठक पछि बारा २ को मतगणना सुरु भएको छ । हिजो सम्पन्न उपनिर्वाचनको आजवाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।
करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान गरिएको छ ।
सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया