दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ को शनाखत
सारांश
- काठमाडौं, १० फागुन ।
- दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजतर्फ हिडेको बोलेरो जीप महाबु– ४ ओखलढुंगामा दुर्घटनाग्रस्त भएको छ ।
- उक्त दुर्घटनामा परी मृत्यु भएका ४ जनामध्ये ३ जनाको शनाखत भएको छ भने १ जनाको पहिचान हुन सकेको छैन ।
काठमाडौं, १० फागुन । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजतर्फ हिडेको बोलेरो जीप महाबु– ४ ओखलढुंगामा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी मृत्यु भएका ४ जनामध्ये ३ जनाको शनाखत भएको छ भने १ जनाको पहिचान हुन सकेको छैन ।
जीप दुर्घटनामा मृत्यु हुनेहरुमा महाबु– ६ का श्रवणकुमार शाही, महाबु– ३ की निर्मला विष्ट र वीरेन्द्रनगर सुर्खेतका तिलक विष्ट रहेका छन् । अन्य १ जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । लु १ ज ३५३२ नम्बरको जीप दुर्घटनाग्रस्त हुँदा ४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । तीनजना घाइते भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया