भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
५२ पटक हेरिएको
Shares
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण

सारांश

  • काठमाडौँ ।
  • भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ ।
  • भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो ।

काठमाडौँ । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो ।

भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले जनाएको छ ।

इकाइको तथ्याङ्कअनुसार भूकम्पले चार सय ९६ विद्यालयका चार हजार एक सयभन्दा बढी कक्षाकोठामा क्षति पुगेको थियो । विद्यालय भवन पूर्णरूपमा सम्पन्न भएर विद्यार्थी अस्थायी शिक्षण केन्द्रबाट सुविधा सम्पन्न भवनमा अध्ययन गर्न थालेका छन् ।

भूकम्पअघि जस्ताका टहरामा पढाइ हुने गरेकोमा पछिल्लो समय बनेका विद्यालय भवन भूकम्प प्रतिरोधी मात्र नभएर भव्य र आकर्षक रहेको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदीले बताए ।

“सबै विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन् , सुवेदीले भने, “पूर्वाधारमा कुनै कमी छैन ।” चिनियाँ राजदूतावासको सहयोगमा भवन बनेको रत्नराज्य मावि चनौटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सनत अधिकारीले निर्माण भएका भवनको साख जोगाउनु चुनौती रहेको बताए ।

“भवन पाँच तारे होटल जस्तो भव्य र सुविधा बनेको छन्”, अधिकारीले भने, “अब भवन अनुसारको शैक्षिक उपलब्धि प्राप्त गर्नु विद्यालयको चुनौती हो ।”

भूकम्पपछि बनेका विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता पूर्वाधार र फर्निचरसमेत दाताले नै उपलब्ध गराएको इकाइ प्रमुख सुवेदीले बताए । अधिकांश विद्यालयमा खेल मैदान पनि निर्माण गरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…
जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
गुडिरहेको बसबाट खसेर एक खलाँसीको मृत्यु
Adultfriendfinder Review The fall of 2021 Browse the Fullest Online dating Website Assessment
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी