सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
३० पटक हेरिएको
Shares
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत

सारांश

  • काठमाडौँ ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् ।
  • उनले भने,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु ।

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् । उनले भने,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु । ”

नेपाल आर्थिक पत्रकार समाजले आज यहाँ आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउनका लागि बुँदागत रुपमै घोषणा गरेको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

पुँजीगत खर्चको कार्यान्वयन राम्रो भयो भने वैदेशिक सहयोग पनि बढ्ने र यसले गर्दा स्रोतमा केही सहज हुने अर्थमन्त्री डा महतको भनाइ थियो ।

उनले कर निर्धारणमा आफूले अर्थतन्त्र तथा निजी लगानीलाई केन्द्रमा राखेर गरेको जनाउँदै राजस्वका कुनै पनि दरको हेरफेर कुनै पनि स्वार्थ प्रेरित नभएको प्रस्ट पार्नुभयो । विद्युतीय गाडीमा भएको हेरफेरले उभोक्तालाई निरुत्साहित नगर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले नेपाली अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको बताए । यो बजेट घाटाका कारणले गर्दा आन्तरिक ऋण बढ्दै जाने र यसले गर्दा फेरि मौद्रिक बजारमा असर गर्ने अधिकारीको भनाइ छ ।

अहिले नै दुई सय ७१ अर्ब बजेट घाटा पुगिसकेको उल्लेख गर्दै उनले यसको असर आन्तरिक ऋणमा देखिएको र जति धेरै घाटा बढ्छ त्यति ऋण विस्तार हुने उल्लेख गरे ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले २०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको उल्लेख गरे । उत्पादनभन्दा पनि वितरणमुखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो ।

ऋण लिनका लागि ऋण लिनुपर्ने, विकास निर्माणका लागि बजेट घटाउँदै जानुपर्ने, साधारण खर्चको दायित्व बढ्दै जाने अवस्था अहिले रहेको र सुधार जतिसुकै भने पनि आगामी वर्षको बजेट यही अवधारणामा आएको उनको टिप्पणी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु
थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
मन्त्री किरातीले भने : गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो
मन्त्री किरातीले भने : गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
ओली र प्रचण्डले सुवास नेम्वाङ र देव गुरुङलाई किन पठाए निर्वाचन आयोग ?
ओली र प्रचण्डले सुवास नेम्वाङ र देव गुरुङलाई किन पठाए निर्वाचन आयोग ?
७० वर्षीय वृद्ध बालिका बलात्कारको आरोपमा पक्राउ
७० वर्षीय वृद्ध बालिका बलात्कारको आरोपमा पक्राउ
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
प्रम ओलीद्वारा नयाँ मन्त्री नियुक्त
प्रम ओलीद्वारा नयाँ मन्त्री नियुक्त

तपाईंले छुटाउनुभयो कि?