सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार

सारांश

  • नयाँदिल्ली ।
  • भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ ।
  • बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गरिन लागेको हो ।

नयाँदिल्ली । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गरिन लागेको हो ।

राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले दुई सय ७८जना भारतीय नागरिरको पहिलो खेपलाई साउदी अरबको जुद्दा पु¥याएको छ ।

अपरेशन कावेरीअन्तर्गत भारतीय वायु सेनाका विमानले दुई खेपमा दुई सय ५६ जनालाई उद्धार गरेर सोही स्थानमा पु¥याएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका छन् । जेद्दाबाट उनीहरूलाई यथाशीघ्र भारत ल्याइने उनले जानकारी दिए ।

यसैबीच एएफपीले ५० लाख जनसङ्ख्या रहेको खार्तुमबाट विदेशी सरकारले जल, स्थल र नभमार्गबाट आफ्ना नागरिकलाई उद्धार गरिरहेका जनाएको छ । यसरी उद्धार गरिएकामा केही सुडानी पनि छन् । करिब ५० देशका एक हजार सात सय नागरिक बोकेको पानीजहाज आज बिहान साउदी अरब आइपुगेको छ ।

साउदी विदेश मन्त्रालयकाअनुसार दुई हजार विदेशीसहित दुई हजार एक सय ४८ जनालाई साउदी अरबले नै उद्धार गरेको छ । विभिन्न देशले जिबुटी, चाड, साइप्रस र साउदी अरबमा आफ्ना सैनिक एवम् वाहन तैनाथ गरेर उद्धारलाई तीव्र गतिमा अघि बढाएका छन् ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा एघारदिनअघि प्रारम्भ भएको युद्ध सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।

दोहोरो झडपमा परी चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छभने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् । युद्धमा ज्यान गुमाउने र घाइते हुनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

How To Be Able To Open An Online On Line Casino Business, Click Here And Learn!
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
साउण्ड सिस्टमका विषयमा विवाद हुँदा एक युवकको हत्या
साउण्ड सिस्टमका विषयमा विवाद हुँदा एक युवकको हत्या
सडकमा सुत्यो भन्दैमा हेप्नी‘
सडकमा सुत्यो भन्दैमा हेप्नी‘
आज सुनको भाउ स्थिर
आज सुनको भाउ स्थिर
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता

तपाईंले छुटाउनुभयो कि?