लुुटपाटका लागि यसरी गरिएको थियो नीराको हत्या, एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
लुुटपाटका लागि यसरी गरिएको थियो नीराको हत्या, एक जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।
  • प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ ।

काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।

प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।

उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए ।

नीरा एक दशक अघिदेखि काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आएकी थिइन् । प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए ।

घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ । उनले घटना घटाएर निराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौँको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।

उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो ।

समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागि थिए ।

हत्याको दिन पसलमा सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा अरु मान्छे पनि आएपछि एटिएमबाट पैसा भिकेर आउँछु भनेर निस्किएका सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउछन् । दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला परेकी उनलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बागलुङ घर भएकी उनी त्यहाँ भाडामा भाँडा पसल गर्दै आएकी थिइन् । केही मिनेटको दुरीमा रहेको उनको कोठाको तल्लो सटरमा श्रीमानको इलेक्ट्रिोनिक्स पसल समेत रहेको छ ।

त्यसदिन महिला पसलमै एक्लै रहेकी थिइन् । भाँडा पसलको पछाडि काउन्टर थियो । प्राय पसलमा ग्राहक नआएका बेला उनीँ त्यतै बस्थिन् । त्यही बेला उनीमाथि आक्रमण भएको थियो । पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो ।

घटना पछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आएकी थिइन् । पसलमा उनी थिएनिन् । त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भनिन् । श्रीमानले पछाडी काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिएका थिए ।

भित्र काउन्टर नजिक गएर हेर्दा उनी रक्ताम्मे भएर ढलिरहेकी दखेपछि उनले नै प्रहरीमा खबर गरेकी थिइन् । घटना भएको केही घण्टा अघि उनले लामखुट्टे नियन्त्रण गर्ने व्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो ।
यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोमा १ जनाको शव भेटियो, अझै ८ जना बेपत्ता
पहिरोमा १ जनाको शव भेटियो, अझै ८ जना बेपत्ता
तातोपानीमा डुबुल्की मार्दै प्रचण्ड, साथमा गृहमन्त्री पनि
तातोपानीमा डुबुल्की मार्दै प्रचण्ड, साथमा गृहमन्त्री पनि
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
डलर साट्न बोलाई ठगी गरि फरार
डलर साट्न बोलाई ठगी गरि फरार
विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?